गण्डकीमा कांग्रेस-एमालेको मतभेदः फणीन्द्र र मनाङेलाई राख्ने कि फाल्ने ?

गण्डकीमा कांग्रेस-एमालेको मतभेदः फणीन्द्र र मनाङेलाई राख्ने कि फाल्ने ?
+
-

पोखरा- दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर केपी ओली नेतृत्वको सरकार बनेको छ। केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि प्रदेशमा पनि सरकार फेरबदलका खेल र प्रयासहरु सुरु हुँदैछन्। शीर्ष नेताबीच भएको सहमति अनुुसार गण्डकीमा भने अहिलेलाई कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउनेछ।

कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा नेकपा एमाले सहभागी हुनेछ। तर, सत्ता साझेदारी गरेर अगाडि बढ्नुपर्ने बेला कांग्रेस एमालेबीच मतभेद सुरु भएको छ।

उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मनत्री राजीव गुरुङ (दीपक मनाङे) लाई राख्ने की फाल्ने विषयमा दुई दलबीच मतभेद सुरु भएको बुझिएको छ।

बहुमत पुर्‍याउन सघाएका नेपाल समाजवादी पार्टीका सांसद देवकोटा र स्वतन्त्र निर्वाचित भएका मनाङेलाई निरन्तरता दिने पक्षमा मुख्यमन्त्री पाण्डे छन्। बहुमतसहित सरकारको नेतृत्व गरिरहेका पाण्डे यहीं सरकारमा एमालेलाई जोड्न चाहन्छन्। एमाले भने पाण्डेलाई बहुमत दिलाउन सघाएका फणीन्द्र र मनाङेलाई हटाएर कांग्रेस एमालेको मात्रै सरकार बन्नुपर्ने पक्षमा देखिन्छ।

पाण्डेलाई मुख्यमन्त्री बन्ने बेला प्रमुख प्रतिपक्ष दल रहेको एमालेसँग सहकार्य गर्नुपर्ने अवस्था आइलागेको छ। अर्कोतर्फ सकसपूर्ण अवस्थामा साथ दिएकालाई मन्त्रालयको संख्या बढाएर भए पनि यथावत राख्दै रिझाउनुपर्ने बाध्यात्मक परिस्थितीमा छन्। संघमा दुई ठूला दलबीच गठबन्धन भएपनि गण्डकीमा फरक अवस्था सिर्जना भएको नेपाली कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा बताउँछन्।

फणीन्द्र,मनाङे र राप्रपाकै साथले सरकार बनेको उनी बताउँछन्। ‘उहाँहरुकै सपोर्टको कारणले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार कायम भएको हुँदाखेरी हामीले उहाँहरुलाई सपोर्ट गर्नुपर्ने आफ्नो ठाउँबाट हेर्नुपर्ने,माया गर्नुपर्ने कुरा अवश्य आउँछ’,थापाले भने। सांसद पद नै दाउमा राखेर विश्वासको मत दिएका फणीन्दलाई नहटाउने मुख्यमन्त्री पाण्डेले वचन दिइसकेका छन्।

मनाङेको मन्त्रालय परिवर्तन गर्न सकिने भएपनि हटाउने पक्षमा पाण्डे छैनन्। किनकी कुनैपनि बेला संघमा कांग्रेस एमालेबीचको गठबन्धन भत्कन सक्नेछ। त्यसपछि फेरी सरकार टिकाउन फणीन्द्र, मनाङे र राप्रपाको साथ चाहिने पाण्डेले राम्ररी बुझेका छन्। तसर्थ मन्त्रालयको संख्या ९ पुर्‍याउने पक्षमा छन्। त्यसले पनि व्यवस्थापन गर्न नसके अझै बढाउने योजना पाण्डेको हो।

खगराज अधिकारी मुख्यमन्त्री भएको बेला नै मन्त्रालयको संख्या घटाएर ७ मा झारेकाले मन्त्रालय बढाउने पक्षमा एमाले देखिदैन। बहुमतमा छु भनेर केन्द्रीय सत्ता समीकरणको मर्मलाई मुख्यमन्त्रीलाई बेवास्ता गर्न नहुने एमालेको निष्कर्ष छ । गठबन्धनको मर्म र भावना बुझेर अगाडि बढ्नुपर्ने नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली बताउँछन्।

‘गण्डकीमा अलिक फरक खालको परिस्थिती छ, निर्माण भयोे हामी त्यो बुझ्छौं। तर, के भने अब नेताहरुले राष्ट्रिय सहमतिको स्प्रिटलाई बुझेर अगाडि बढ्नुपर्छ । सरकार चलाउन संख्या पुग्छ भन्ने प्राविधिक कुरा होे’, उनले भने। दुई दलबीच छलफल गरेर कसरी अगाडि बढ्ने टुंगो लगाउन सकिने उनको भनाइ थियो।

फणीन्द्र,मनाङेलाई मन्त्रीबाट नहटाए गण्डकीमा माओवादी मात्रै प्रतिपक्ष दल हुनेछ । ६० सदस्यी प्रदेश सभामा माओवादीका सभामुखसहित ७ सांसद छन्। ६ जना मात्रै प्रतिपक्षको लहरमा बस्नेछन्।  प्रदेश सभाको ठुलो दल नेपाली काँग्रेस र दोस्रो ठुलो दल एमाले मिल्दा मात्रै पनि गण्डकीको सत्तामा दुई तिहाइ मत पुग्छ। काँग्रेससँग २७ र एमालेको २२ सिट छ राप्रपाका २ र फणीन्द्र, मनाङे जोड्दा सत्तापक्षको ५३ सिट पुग्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?