विश्व कीर्तिमानका लागि चेस प्रतियोगिताको आयोजना हुँदै

विश्व कीर्तिमानका लागि चेस प्रतियोगिताको आयोजना हुँदै
+
-

काठमाडौं- चेसमा विश्व कीर्तिमान बनाउने उदेश्य सहित अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा ‘हिमालयन हन्ड्रेड’ ब्लिज चेस प्रतियोगिता आयोजना हुने भएको छ।

हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय चेस दिवस (२० जुलाई) को अवसरमा युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै ‘हिमालयन १००’ ब्लिज चेस प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता शनिबार किङ्स कलेज, बबरमहलमा आयोजना हुँदै छ।

विश्व बुद्धिचाल महासंघ (फिडे) ले आफ्नो स्थापनाको एक सयौं वर्ष माइरहँदा नेपालले कीर्तिमानको प्रयास गर्ने छ। सयौं वर्षगाँठको अवसरमा  २४ घन्टाभित्र विश्वमै सबभन्दा बढी चेस खेल्दै ‘गिनिज वल्र्ड रेकर्डस्’ कायम गर्ने अभियानमा रहेको छ, जसलाई उसले ‘फिडे १०० गिनिज वल्र्ड रेकर्ड्स अटेम्प्ट’ नाम दिइएको छ। फिडेको यही अभियानअन्तर्गत् नेपालमा ‘हिमालयन १००’ आयोजना गर्न लागिएको हिमालयन चेस एकेडेमीकी संस्थापक अध्यक्ष मोनालिशा खम्बूले बताइन्।

नेपालको पहिलो महिला राष्ट्रिय चेस च्याम्पियनसमेत रहेकी खम्बूले भनिन्, ‘फिडेले १ सय वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान बनाउँदै गर्दा त्यो अभियानलाई नेपालबाट पनि साथ दिनको लागि हामीले हिमालयन हन्ड्रेड आयोजना गर्न लागेका छौं। स्वीस प्रणलीको आधारमा १० राउन्डमा सञ्चालन गरिने प्रतियोगितामा एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।’ पहिला नाम दर्ता गर्ने खेलाडीलाई प्रतियोगितामा अवसर दिइने पनि उनले जानकारी दिइन।

युक्ति फाउन्डेसनकी प्रतिनिधि युक्ति लामा श्रेष्ठले भन्छिन् ‘चेस खेलेरै गिनिज वल्र्ड रेकर्ड्स बनाउने विश्वव्यापी अभियानमा सहकार्य गर्न पाउँदा खुशी लागेको छ। मानिसको बौद्धिक विकाससँग प्रत्यक्ष जोडिएको खेल चेसमा सानै उमेरदेखि नै आकर्षित गर्न चाहन्छौं।’

कुल ५१ हजार ५ सय रुपिया पुरस्कार रहेको प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ७ हजार, तेस्रो हुनेले ४ हजार, चौथोले ३ हजार तथा पाँचौं हुनेले २ हजार पाउनेछन् । त्यस्तै, छैटौंदेखि शीर्ष १० मा अटाउने खेलाडीले जनही १ हजार प्राप्त गर्नेछन् ।

महिलाको विजेताले ३ हजार, उपविजेताले २ हजार र तेस्रो हुनेले १ हजार हात पार्नेछन् । त्यस्तै, अनरेटेड, यू–९, यू–११, यू–१३, यू–१५, बेस्ट एचसीए, उत्कृष्ट विद्यार्थी (१० कक्षासम्म र १० कक्षामाथि), रेटिङ १७०० मुनि, १९०० मुनि र भेट्रान (५५ वर्षमाथि) गरी ११ विधालाई पनि समावेश गरिएको छ ।

सबै स्पर्धाका विजेताले १ हजारदेखि १ हजार ५ सय रुपियासम्म नगद पुरस्कार पाउनेछन् । तर, कुनैपनि खेलाडीलाई दोहोर्याएर पुरस्कार प्रदान गरिने छैन । खेलाडीले प्रतियोगिताको निम्ति नाम दर्ता गर्ने अन्तिम दिन शुक्रबार तोकिएको एकेडेमीले जनाएको छ । हिमालयन १०० को भेन्यू पार्टनर किङ्स कलेज, स्टाइलिङ पार्टनर ले लर्ड, फुटवेयर पार्टनर खडाउ रहेका छन् । क्लोथिङ ब्रान्ड कोक्रोमाले पनि साथ दिएको छ ।

हिमालयन चेस एकेडेमीले दोस्रो प्रतियोगिताको रुपमा हिमालयन १०० आयोजना गर्न लागेको हो । उसले यसअघि एसईई कप (अषाढ ८–९) गते आयोजना गरेको थियो ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?