रथी सिग्देलको नागरिकतासम्बन्धी कुनै विवाद छैन: सेना

रथी सिग्देलको नागरिकतासम्बन्धी कुनै विवाद छैन: सेना
+
-

काठमाडौं  – अब हुने प्रधानसेनापति रथी अशोकराज सिग्देलको नागरिकतासम्बन्धी कुनै विवाद नरहेको नेपाली सेनाले बताएको छ।

जंगी अड्डामा बिहीबार भएको पत्रकार सम्मेलनमा पत्रकारहरुले गरेको प्रश्नको उत्तर दिँदै सेनाका प्रवक्ता सहायक रथी गौरबकुमार केसीले सिग्देलको उमेर सम्बन्धमा कुनै विवाद नरहेको जानकारी दिए।

प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल यही भदौ २४ गते सकिँदै छ। त्यसपछि रथी सिग्देल प्रधानसेनापति हुनेछन्।

सिग्देलको उपरथीबाट रथीमा बढुवा हुने बेला नै उमेरलाई लिएर विवाद भएको थियो। तर विवाद आएसँगै नेपाली सेनाले उनको नागरिकताको विषयमा छानबिन गरी कुनै समस्या नरहेपछि उनको बढुवा गरेको थियो ।

जंगी अड्डामा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रश्न उठेपछि सेनाका प्रवक्ता सहायक रथी केसीले सेनासँग प्राप्त कागजात देखाएर प्रष्टीकरण दिएका थिए।

‘तत्कालीन जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट २०४० साउन २९ गते लिएको नागरिकता म देखाउन चाहन्छु,’ सह्याक रथी केसीले सिग्देलले लिएको पहिलो नागरिकता देखाए। उक्त नागरिकतामा सिग्देलको उमेर १७ वर्ष भनेर उल्लेख गरिएको बताए। त्यस्तै २०५८ जेठ ८ गते जाजरकोट जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपि लिएको उनले बताए।

‘पहिले जारी भएकै नागरिकताको प्रतिलिपि लिनुभएको थियो। जसमा रूपन्देहीबाट जारी भएको विवरण कुनै पनि फरक नपरेको देखिन्छ,’ सहायक रथी केसीले भने।

दुबै नागरिकतामा एउटै नागरिकता नम्बर र जारी मिति रहेको उनले बताए। उनले रथी सिग्देलको एसएलसीको प्रमाणपत्र पनि सार्वजनिक गरी त्यही जन्ममिति रहेको बताए।

एसएलसीको प्रमाणपत्र देखाउँदै उनले जन्ममिति २०२३/१०/१९ रहेको बताए। जुन २०४० साल भदौ २९ गते जारी भएको थियो। अर्को २०४३ भदौ १२ मा सुपिङ बहुमुखी क्याम्पसबाट जारी भएको प्रमाणपत्र रहेको,’ सहायक रथी केसीले भने, ‘जसमा २०२३/१०/१९ नै छ। नेपाली सेनामा भर्ना हुँदा पनि यही नागरिकता र यही प्रमाणपत्र पेश गरेर भर्ना भएको हाे।’

तस्बिर: बर्षा शाह/देशसञ्चार।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?