महानगरको फुटपाथ विस्तार कार्यमा न्यूरोड धर्मपथका स्थानीयको विरोध(तस्विरसहित)

महानगरको फुटपाथ विस्तार कार्यमा न्यूरोड धर्मपथका स्थानीयको विरोध(तस्विरसहित)
+
-

काठमाडौँ-काठमाडौँ महानगरपालिकाले गर्न लागेको फुटपाथ विस्तार कार्यलाई न्यूरोड वडा नम्बर २२ का स्थानीयले विरोध गरेका छन्। न्यूरोड धर्मपथ क्षेत्रमा गर्न लागिएको फुटपाथ विस्तार २२ नम्बर वडाअध्यक्षसहित जनप्रतिनिधि र स्थानीयबासीलाई आवश्यक नभएको भन्दै शुक्रबार विहान विरोध गरेका छन्।

वडाअध्यक्षसहित जनप्रतिनिधि र स्थानीयले आफूहरुलाई उक्त स्थानमा फुटपाथ पर्याप्त भएको र विस्तारको जरुरी नभएको देशसञ्चारसँग बताए। वडाअध्यक्ष चिनकाजी महर्जनसँग सहमति गरेर मात्रै काम अगाडी बढाउनुपर्ने स्थानीयको माग र अडान छ।विरोधपछि महानगरले प्रहरी परिचालन गरेको छ।

सडक डिभिजन कार्यालय, काठमाडौंको हस्तक्षेपका कारण रोकिएको काठमाडौंको व्यापारिक केन्द्र न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्य केहिदिनअघि देखि मात्रै सुरु भएको हो। काठमाडौं महानगरपालिकाले विस्तार गरिरहेका बेला सडक डिभिजनले सामान जफत गरिदिएपछि महानगरले उच्च अदालतमा रिट हालेको थियो।

अदालतले फुथपाथ विस्तारका काम सडकले नरोक्न आदेश दिएपछि महानगर पुनः विस्तार कार्यमा खटिएको हो। महानगर विस्तार कार्यमा खट्दै गर्दा स्थानीयले भने पटक पटक विरोध गर्दै आएका छन्। यसअघि वडा नम्बर २४ का स्थानीयले पनि विरोध गरेका थिए। शुक्रबार वडा नम्बर २२ का स्थानीयले स्थानीय जनप्रतिनिधिसँग अनुमति लिनुका साथै आफुहरुले अदालतको फैसलाको पूर्णपाठ पनि पढ्न पाउनुपर्ने माग राखेका छन्। वडा नम्बर २४ मा भएको फुटपाथ विस्तारको प्रभाव हेरेर मात्रै आफूहरुले निर्णय लिने वडाअध्यक्ष महर्जनले देश सञ्चारसँग बताए।

उच्चको आदेशसँगै महागरले बुधबारदेखि पुनः फुटपाथ विस्तारको कार्य थालनी गरेको हो। अदालतले ‘सहरी सडक स्थानीय तह मातहतमा रहने’ सो रिटमा सुनुवाइ गरेको थियो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको हो।

यस विषयमा सडक डिभिजन र काठमाडौं महागरबीच विवाद चर्किएपछि अदातल जानुपर्ने अवस्था आएको हो। महानगरले काटेको कालोपत्र सडकले टालेको थियो।
सडक र महानगरबीचमात्र नभएर सो क्षेत्रमा पर्ने महानगरभित्रका वडाका जनप्रतिनिधिबीच पनि आन्तरिक विवाद भएको थियो। यस विषयमा न्युरोडका व्यापारी तथा न्युरोडबासीहरू पनि सडकमा उत्रिएका थिए। अब भने उच्चले नै विस्तारको आदेश दिएपछि महानगरले विस्तार कार्यलाई तीब्रता दिन थालेको हो। तर स्थानीयले विरोध गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?