
काठमाडौँ – काठमाडौँको न्यूरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले अवरोध गरेका छन्।
शुक्रबार बिहानैबाट काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारको काम थाले पनि स्थानीय र व्यवसायीहरुले विरोध गरेका हुन्।
स्थानीयहरुले न्यूरोडमा फुटपाथ बढाउन नहुने बताएका छन्। स्थानीय र व्यवसायीहरु फुटपाथ विस्तारको विरोधमा उत्रिएपछि ठूलो संख्यामा नेपाल प्रहरी र महानगर प्रहरी खटाएको छ।
उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवारदेखि पुनः काम सुरु गरेको थियो।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो।