सुदूृरपश्चिमः हप्तैपिच्छे दलको नेता फेर्दै नागरिक उन्मुक्ति

सुदूृरपश्चिमः हप्तैपिच्छे दलको नेता फेर्दै नागरिक उन्मुक्ति
+
-

साउन – नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा दलको नेता परिवर्तनमा प्रतिस्पर्धा चलेको छ। नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलले झण्डै एक साताअघि मात्र परिवर्तन गरेको दलको नेता फेरिएका छन्।

असार २९ गतेसम्म दलको नेता घनश्याम चौधरी थिए। २९ गते बहुमत प्रदेश सभा सदस्यले घनश्यामलाई हटाउँदै खुसीराम चौधरीलाई दलको नेता चयन गरे। तर, उक्त निर्णयको एक साता नबित्दै पुनः बहुमतले घनश्यामलाई नै दलको नेता चयन गरेको छ।

साउन २ गते बहुमत प्रदेश सभा सदस्यको बैठकले घनश्यामलाई दलको नेता, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतक र इन्दिरा गिरीलाई सचेतक चयन गर्ने निर्णय गरेको छ। सुदूरपश्चिममा नाउपाका ७ प्रदेश सभा सदस्य रहेका छन्।

घनश्यामलाई दलको नेता बनाउने निर्णयमा घनश्याम चौधरी,लक्ष्मण किशोर चौधरी, रामेश्वर चौधरी र इन्दिरा गिरीले हस्ताक्षर गरेका छन्। जबकि यसअघि असार २९ मा खुशीरामलाई दलको नेता बनाउदा लक्ष्मणकिशोर उनकै पक्षमा देखिएका थिए। कैलाश चौधरी, खुसीराम चौधरी र टीका थापाले उक्त निर्णयमा हस्ताक्षर गरेका छैन।

नागरिक उन्मुक्तिमा अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच लामो समयदेखि विवाद छ। सुदूरपश्चिम प्रदेशमा असार २९ सम्म रेशमको पक्षमा ५ जना र रन्जिताको पक्षमा २ जना प्रदेश सभा सदस्य रहेका थिए। असार २९ मा एकाएक रन्जिताको पक्षमा ४ र रेशमको पक्षमा ३ जना देखिए।

फेरि साउन २ गतेपछि रेशमको पक्षमा ४ र रन्जिताको पक्षमा ३ जना मात्र देखिएपछि अहिले रेशम पक्षका घनश्याम दलको नेता बनेका छन्।
संघीय संसदमा पनि केही दिनअघि मात्र रन्जितालाई दलको नेताबाट हटाएर रेशम पक्षका गंगाराम चौधरीलाई दलको नेता बनाइएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?