अप्रिय घटनाको सम्मुखमा न्यूरोड क्षेत्र (तस्बिरहरु)

अप्रिय घटनाको सम्मुखमा न्यूरोड क्षेत्र (तस्बिरहरु)
+
-

काठमाडौँ- काठमाडौँको न्यूरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले अवरोध गरेपछि यतिखेर अवस्था तनावग्रस्त बनेको छ।

उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो।

तर, शुक्रबार बिहानैबाट काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारको काम थाले पनि स्थानीय र व्यवसायीहरुले विरोध गरेका हुन्।

स्थानीयले डोजर कब्जामा लिएका छन्। डोजरका विभिन्न भागमा चढेर स्थानीय विरोध जनाइरहेका छन् भने बाक्लो मात्रमा उपस्थित प्रहरीले उनीहरुलाई हटाउने प्रयास गरिरहेको छ। दुई पक्षको हानाथापका कारण न्यूरोड क्षेत्रमा प्रप्रिय घटना हुने अवस्था पैदा भएको छ।

आन्दोलनमा महानगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ। आन्दोलमा ढुंगा हान्नेहरुलाई प्रहरीले रोकेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?