सन्दीपको मुद्दामा अदालतको पूर्ण पाठ: रिसको आवेगमा जघन्य उजुरी!

सन्दीपको मुद्दामा अदालतको पूर्ण पाठ: रिसको आवेगमा जघन्य उजुरी!
+
-

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई  बलात्कार मुद्दामा सफाइ दिएको पाटन उच्च अदालतले फैसलाको पूर्ण पाठ सार्वजानिक गरेको छ। जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा दोषी ठहर गरेपछि उच्च अदालत पाटनमा पुनरावेदनका लागि पुगेका सन्दीपलाई न्यायाधिशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले गत २ जेठमा निर्दोष ठहर गरेको थियो।

अदालतले सन्दीपलाई निर्दोष ठहर गर्दाको पूर्ण पाठ शुक्रबार सार्वजानिक गरेको हो। अदालतले सार्वजानिक गरेको पूर्ण पाठमा सन्दीप र गौशाला २६ बिच सँगै बसेको भनिएको होटलमा प्रवेश गर्दा निस्केको बखतमा पीडित र प्रतिवादीबीच कुनै झगडा मनमुटाव नदेखिएको तथा पीडितको सहमति बमोजिम नै सम्पूर्ण  घटनाक्रम भएको त्यसलाई अन्यथा मान्नपर्ने नदेखिएको जनाइएको छ।

अदालतले पूर्ण  पाठमा भनेको छ, ‘प्रस्तुत मुद्दाका तथ्यहरु, सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको आधारमा प्रतिवादी उपरको जाहेरवालाको जाहेरी एवम् बकपत्र, पीडितको कागज एवम् बकपत्र, प्रतिवादीले अभियोग दावीको कसूर गरेको अकाट्य प्रमाणको रुपमा मान्न मिल्ने नदेखिएको… ।’

पूर्ण पाठमा अगाडि भनिएको छ, ‘प्रतिवादीबीच पीडितको होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, रातको समयमा काठमाडौँ होटल इनमा बसी भोलिपल्ट प्रतिवादीले पीडितलाई निजको होस्टलमा पुऱ्याउँदाका अवस्था सम्मका उल्लिखित घटनाक्रमलाई विष्लेषण गरी हेर्दा जबरजस्ती करणीको कसूर भएको मान्न मिल्ने अवस्था नदेखिई प्रतिवादीलाई पीडित साबालक ठहर गरी जबरजस्ती करणी गरेको ठहऱ्याई काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन।’

साथै अदालतले पीडितले आवेगमा जघन्य उजुरी गरेको कुरालाई अस्विकार गर्न नसकिने पूर्ण पाठमा उल्लेख गरेको छ। अदालते भन्यो, ‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसूरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिदैन।’

पूर्ण पाठमा अदालतले भनेको छ, ‘अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी वयान, परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौं इन होटलका सेक्यूरीटि गार्ड राजन राणाले गरेको बकपत्रका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरु समेतबाट पुनरावेदक प्रतिवादीले अभियोग मागदावी बमोजिमको कसूर गरेको पुष्टी हुन नआएको।’

उल्लेख गर्दै अदालतले काठमाडौं जिल्ला अदालतको सजाय बदर गरेको हो। ‘सजाय निर्धारण गर्ने गरी भएको फैसला मिलेको नदेखिंदा उल्टी बदर भई निज प्रतिवादी उपरको वादी नेपाल सरकारको अभियोग मागदावी पुग्न नसकी प्रतिवादीले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ। परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/८०) लाई नाबालक कायम गरी अभियोग मागदावी बमोजिम सजाय समेत गरि पाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर समेत पुग्न सक्दैन। अरुमा तपसिल बमोजिम गर्नू।’ अदालतको आदेशमा भनिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?