साविक च्याम्पियन भारतले महिला एसियाकप टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। भारत समूह ‘ए’ अन्तर्गत दिनको पहिलो तथा आफ्नो दोस्रो खेलमा युएइलाई ७८ रनले हराएको हो। जितसँगै भारत सेमिफाइनल नजिक पुगेको छ। यदि आजै हुने अर्को खेलमा नेपालले पाकिस्तानलाई हराएमा भारत र नेपाल अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गर्ने छन्।
श्रीलंकाको दाम्बुला स्टेडियममा आइतबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १ रनको उच्च स्कोर तयार गरेको थियो। उसका लागि कप्तान हर्मनप्रित कौर र ऋचा घोषले अर्धशतकीय इनिङ खेले। कौरले ४७ बलमा ७ चौका र १ छक्काको सहयोगमा ६६ रन बनाउँदा घोषले २९ बलमा १२ चौका र १ छक्काको सहयोगमा ६४ रनको विष्फोटक अविजित इनिङ खेलिन्। त्यस्ते ओपनर सफाली वर्माले ३७ रन बनाउँदा स्मृति मन्धनाले १३ रन बनाइन्। त्यस्तै जेमिमा रोड्रिग्वजले १४ रन बनाएकी थिइन।
२ सय १ रनको उच्च लक्ष्य पछयाएको युएइ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमा समेटियो। युएइका लागि कभिसा एगोडागीले ३२ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४० रनको अविजित इनिङ खेलिन्। त्यस्तै ओपनर तथा कप्तान इशा ओजाले ३८ रन बनाउँदा खुशी शर्माले १० रन बनाइन्। भारतका लागि दिप्ती शरर्माले २ विकेट लिंदा रेनुका सिंह, तनुजा कुंवर, पुजा भस्त्रकार र राधा यादवले समान १-१ विकेट लिए।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































