
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन्।
आइतबार प्रतिनिधि सभामा उनले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा १८८ मत पर्यो। प्रस्तावको विपक्षमा ७४ मत र मत दिन्न भन्ने पक्षमा १ परेको थियो।
प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमत पार्टीलगायतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिए। प्रतिनिधि सभाको अर्को बैठक साउन ७ गते सोमबार अपरान्ह १ बजे बोलाइएको छ।