महिला एसियाकप: पाकिस्तानसँग नेपालको फराकिलो हार

महिला एसियाकप: पाकिस्तानसँग नेपालको फराकिलो हार
+
-

एसिसी महिला एसियाकप टी-२० क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। पहिलो खेलमा युएइलाई पराजित गरेको नेपाल दोस्रो खेलमा भने टेस्ट टोली पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भयो।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १ सय ९ रनको लक्ष्य पाकिस्तानले ४९ बल बाँकी हुँदै १ विकेट गुमाएर पुरा गर्‍यो। पाकिस्तानका लागि ओपनर गुल फिरोजाले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ खेल्दा अर्की ओपनर मुनिबा अली ४६ रनमा अविजित रहिन्। नेपालका लागि एकमात्र विकेट कविता जोशीको नाममा रह्यो। नेपाललाई पराजित गरेसँगै पाकिस्तानले सेमिफाइनल सम्भावना कायम राख्यो। अब अन्तिम खेलमा नेपालले भारतको सामना गर्दा पाकिस्तानले युएइसँग प्रतिस्पर्धा गर्ने छ।

त्यसअघि दम्बुलामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ वकेट गुमाएर १ सय ८ रन बनाएको थियो। नेपालका लागि कविता जोशीले सर्वाधिक ३१ रनको नटआउट इनिङ खेल्दा सिता रानामगरले २६ रन बनाइन्। त्यस्तै पुजा महत्वले २५ रनको इनिङ खेलेकी थिइन्। पाकिस्तानका लागि सदिया इकबालले सर्वाधिक २ विकेट लिंदा फतिमा सानाले १ विकेट लिन्। नेपालका तीन ब्याटर रनआउट भएका थिए।

प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा युएइलाई २३ बल बाँकी हुँदै ६ विकेटले पराजित गरेको थियो भने पाकिस्तान भारतसँग ७ विकेटले हारेको थियो। आज भएको आफन्नो दोस्रो खेलमा भारतले युएइलाई हराउँदै सेमिफाइनल नजिक पुग्दा नेपाललाई भने अब भारतलाई समूहको अन्तिम खेलमा पराजित गर्नु पर्ने दबाब रहने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?