
काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन र संगठन विस्तारको रणनीतिक कार्यक्रम अन्र्तगत काठमाडौं उपत्यकामा सोमबार धार्मिक पदयात्रा आरम्भ गरेको छ।
मैतिदेवीबाट सुरु भएको पदयात्रा पशुपतिनाथ मन्दिर पुगेर समापन हुने राप्रपाले जनाएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा सुरु यात्रामा देशभरबाट गरी हजारौँ युवा सहभागी भएका राप्रपाको भनाइ छ।