
काठमाडौँ- राष्ट्रिय सभा बैठकमा सोमबार सांसद् नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गरेका छन्।
राष्ट्रिय सभा सदस्य मिश्रले मुलुकको पर्यटन विकासको लागि पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न आवश्यक रहेको बताएका हुन्।
उनले काशी विश्वनाथको समेत मुर्ति सार्वजनिक भएको उल्लेख गर्दै पशुपतिमा रहेको पञ्चमुखी शिव भगवानको मूर्ति विश्वमा कहीँ पनि नभएको पनि बैठकका क्रममा बताएका थिए।
उनले उक्त मूर्ति सार्वजनिक गर्नसके त्यसले पर्यटनको विकासमा ठूलो मद्दत गर्ने बताएका थिए।