
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको फुटपाथ विस्तारको विवाद समाधान गर्न एक अध्ययन समिति बनाउने सहमति भएको छ।
काठमाडौँ वडा नम्बर २२ र २३ का वडाध्यक्ष र प्रवक्ता नवीन मानन्धरसहित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच सोमबार भएको छलफलमा उक्त सहमति भएको महानगरले जानकारी दिएको छ।
अध्ययन समितिका काठमाडौँ महानगर पूर्वाधार आयोजनाका उपाध्यक्ष संयोजक रहने र उनीसहितको समितिले वडा नम्बर २४ लगायतका कामका आधारमा मंसिर २ मा प्रतिवेदन बुझाउने सहमति पनि बैठकका क्रममा भएको छ। यो सहमतिसँगै वडा २२ र २३ को फुटपाथ विस्तारको काम मंसिर २ गतेसम्मका लागि धकेलिएको छ।