महिला एसियाकप:  भारतलाई हराउनै पर्ने खेलमा नेपाल पहिले बलिङ गर्दै

महिला एसियाकप:  भारतलाई हराउनै पर्ने खेलमा नेपाल पहिले बलिङ गर्दै
+
-

काठमाडौं- एसिसी महिला एसियाकप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। प्रतियोगितामा सेमिफाइनल सम्भावना कायम राख्न भारतलाई हराउनै पर्ने दबाब छ। आज नेपालले अघिल्लो खेलमा रहेका दुई खेलाडी परिवर्तन गरेको छ। रोमा थापा र कृतिका मरासिनीको स्थानमा सबनम राइ र डल्ली भट्टलाइ टिममा समेटेको छ।

समूहमा अन्तिम खेल बाँकी रहँदा भारत र पाकिस्तानको समान ४-४ अंक रहेको छ। आफ्नो अन्तिम खेलमा पाकिसस्तानले युएइलाई १० विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ। नेपाल भारतसँग साँघुरो जित निकालेपनि सेमिफाइनल पुग्न पर्याप्त हुने छैन्।

युएई भने सबै तीन खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरियो। मंगलबार भएको दिनको पहिलो खेलमा युएइले दिएको १ सय ३ रनको लक्ष्य पाकिस्तानले ३५ बल बाँकी हुँदै विकेट नगुमाइ पुरा गरेको थियो। नेपालले अब सेमिफाइनल पुग्न साविक विजेता भारतलाई फराकिलो अन्तरले हराउनु पर्ने चुनौती रहने छ।

पछिल्लो खेलमा पाकिस्तान विरुद्ध ९ विकेटले पराजित नेपालले सो खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुने थियो। तर सो खेलमा फराकिलो हार बेहोरेपछि नेपालको सम्भावना न्यून भएको छ। एसियाकपको पहिलो खेलमा भने नेपालले युएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो।

नेपालको प्लेइङ ११

सम्झना खड्का, सिता राना मगर, इन्दु वर्मा (कप्तान), कविता कुंवर, डल्ली भट्ट, रुविना क्षेत्री, पुजा महतो, कविता जोशी, काजल श्रेष्ठ, सब्नम राइ, विन्दु रावल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?