
काठमाडौँ-चर्चित गायिका मञ्जु विकको तीज गीत ‘मितिनी ज्यू’ बजारमा आएको छ। गायनमा मञ्जुलाई चर्चित गायिका शीला आले,सीमा सारु र पावर्ती परियारले साथ दिएका छन्।
शव्द,संगीत र एरेन्ज राजु सुनामको रहेको गीतको मिक्सीङ विनोद परियारको छ भने रेकडिस्ट लक्ष्मण विश्वकर्मा हुन्। गीत मञ्जु विकको युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको म्युजिक भिडियोमा चर्चित कलाकार टिका सानु, रविन भण्डारी, सलिना नेपाली र अन्जली विक छन्। भिडियोको निर्देशन निसान बानियाले गरेका हुन्। पछिल्लो पुस्तामा लमजुङको ठाडो भाका गाउँदै आएको कारण मञ्जु युवामाझ लोकप्रिय छिन्।