काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान सुरु

काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान सुरु
+
-

काठमाडौँ – काठमाडौँ उपत्यकामा आजबाट विशेष पोलियो खोप अभियान सुरु भएको छ।

बुधबारबाट उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ५ वर्षमुनिका सम्पूर्ण बालबालिकाहरुका लागि विशेष पोलियो खोप अभियान सुरु भएको हो। खोप स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घरघरमा पुगेर खुवाउन सुरु गरिएको हो।

काठमाडौँ महानगरपालिका वडा नम्बर २९ की स्वास्थ्य स्वयंसेविका निर्मला सुवेदीले वडाले तोकिदिएको क्षेत्रमा पुगेर घरघरमा पोलियो खोप अभियान सुरु गरिएको बताइन्।

उनले विद्यालयमा पुगेर ख्वाउन सहज भए पनि त्यसबाहेक विद्यालय नजाने बालबालिकाहरुका लागि घरघरमै पुगेर खुवाउने अभियान सुरु गरेको बताइन्। उनले कतिपय अभिभावकहरुले कुरा नुबझ्दा असहज भएको पनि बताइन्।

पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखिन्छ। डाक्टरका अनुसार पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ।

पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर ५ वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरको भनाइ छ। यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियोविरुद्धको खोप नै हो। सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियोविरुद्धको खोप नियमित रूपमा दिँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?