
काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाईन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।
दुर्घटनास्थलबाट १८ वटा शव निकालिएको छ। शव निकालेर पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। विभिन्न सुरक्षाकर्मीको सहायतामा दुर्घटनास्थलबाट शवको उद्धार गरिएको हो।
विमानमा सबै सौर्य एअरका कर्मचारी थिए। दुर्घटनामा पाइलट मनिष शाक्य घाइते भएका छन्। उनको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा चल्दैछ।
प्राविधिक प्रयोजन परीक्षणका लागि उडान भर्न लागेको उक्त जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ।
तस्बिर : वर्षा शाह/ देश सञ्चार