
काठमाडौं- माल्दिभ्समा सम्पन्न काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा सहभागि भएर नेपाली टोली स्वेदश फर्किएको छ। आयोजक माल्दिभ्सलाई पराजित गर्दै चार टोली सहभागी प्रतियोगितामा तेस्रो भएको नेपाली टोली बिहीबार स्वदेश फर्किएको हो।
मंगलबार भएको तेस्रो स्थानको खेलमा नेपालले माल्दिभ्सलाई २५-१५, २५-१०, २५-१४ को सोझो सेटमा पराजित गर्यो। उपाधि जित्ने लक्ष्यका साथ माले पुगेपनि नेपाली जुनियर महिला टोलीले सोचेअनुरुप प्रदर्शन गर्न भने असफल रह्यो।
चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले कुल ५ खेल खेल्दा जम्मा दुई खेल जित्यो र दुबै खेलमा माल्दिभ्सलाई हराएको हो। कीर्गिस्तानसँग लिगचरण र सेमिफाइनलमा हारेको नेपाल श्रीलंकासँगपनि लिगचरणमा पराजित भएको थियो।
थप तस्बिरहरू: बर्षा शाह