
समकोट – संघीयता कार्यान्वयनपछि जिल्लामा जिल्ला शिक्षा समितिले पूर्णता पाउन सकेको छ्रैन। जिल्ला समन्वय समिकिा प्रमुख अध्यक्ष रहने सो समिति गठनका लागि सरोकारवाला पक्षले उदासीनता देखाउँदा समितिले पूर्णता नपाउँदा त्यसले गर्ने कामसमेत प्रभावित भएका छन्।
०७४ सालपछि जिल्लामा जिल्ला शिक्षा समितिले पूर्णता पाउन सकेको छैन। समितिले पूर्णता नपाउँदा समितिबाट सम्पादन हुने कार्यसमेत प्रभावित भएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख योगेश आलेमगरको भनाइ छ।
यसका लागि समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुखको विशेष ध्यान जानुपर्नेमा त्यसमा अध्यक्षले चासो नदिँदा समितिले पूर्णता पाउन नसकेको होे।
समितिका अध्यक्षले अघिल्लो कार्यकाल समितिलाई पूर्णता नदिएर बितेको थियो भने अहिलेका अध्यक्षको पनि तेस्रो वर्ष सुरु हुन लागेको छ।
समितिले पूर्णता नपाउँदा जिल्लामा शिक्षक दरबन्दी मिलानजस्तो महत्वपूर्ण काम अगाडि बढ्न सकेको छैन। दरबन्दी मिलान नहुँदा जिल्लाका विद्यालयमा शिक्षक बढी , विद्यार्थी कम र कुनै विद्यालयमा शिक्षक कम र विद्यार्थी बढी भएको समस्या छ।
यससम्वन्धमा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले समितिलाई पूर्णता दिन नसकिएको स्विकार्दै अब चाँडै समितिलाई पूर्णता दिने बताए।
समितिमा अधिकांश पदेन पद छन्। त्यसमा दलित, महिला र शिक्षा प्रेमीबाट भने नयाँ सदस्य चयन गर्न सकिने ब्यवस्था छ।