
अ
+
अ
अ
-
काठमाडौँ – जनता समाजवादी पार्टी जसपा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज शोक विज्ञप्ति जारी गर्दै उक्त विमान दुर्घटना परी मृत्युहुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदन प्रकट गरेका छन्।
विमान दुर्घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुका साथै घाइतेको उपचार र मृतकका परिवारजनलाई क्षतिपूर्ती उपलब्ध गराउन जसपाले सरकार समक्ष माग गरेको छ। आम जनता पार्टीले पनि विमान दुर्घटनामा मृत्युभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेको छ। सो पाटीले एक विज्ञप्ति जारी गर्दै घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बुधबार विहान काठमाडौँबाट पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको नाईन एए–एएमइ कलसाइन रहेको चालकदलसहित १९ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग–२ बाट टेकअफ गर्ने बित्तिकै दाँयातर्फ दुर्घटनामा परेको थियो। दुर्घटनामा परी १८ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते पाइटलको उपचार भइरहेको छ।