बर्दियाको बुरान वाइल्डरनेस क्याम्प टाइम म्यागेजिनको १०० अद्भूत गन्तव्यको सूचीमा

बर्दियाको बुरान वाइल्डरनेस क्याम्प टाइम म्यागेजिनको १०० अद्भूत गन्तव्यको सूचीमा
+
-

काठमाडौँ – बर्दियाको बुरान वाइल्डरनेस क्याम्प टाइम म्यागेजिनको १०० अद्भूत गन्तव्यको सूचीमा छनौट भएको छ। बुरान क्याम्पलाई टाइम म्यागेजिनले यस वर्षको विश्वकै १०० घुम्न र बस्नका लागि अद्भूत गन्तव्यको सूचीमा समावेश गरेको हो।

संसारभरिका १०० महत्त्वपूर्ण  होटल, रेस्टुरेन्ट, क्रुज म्युजियम पार्कलगायतको सूचीमा बुरान क्याम्प पनि छनौट भएको हो। यसका लागि टाइमले विश्वभरि रहेका यसका संवाददाताहरु र सहयोगीहरुको मद्दत लिएको थियो।

बुरान वाइल्डरनेस क्याम्प बर्दियाको खाता वन्यजन्तु कोरिडोरको एक महत्वपूर्ण भागमा अवस्थित छ। यो भावनापूर्ण  संरक्षणवादीहरूको टोलीद्वारा सञ्चालित छ। यस क्षेत्रमा एकसिङे गैँडा, बङ्गाल टाइगर, एसियाली जंगली हात्ती, र ब्ल्याक आइबिस, रुड्डी शेल्डक, नाइटजार, फिशिङ ओलजस्ता धेरै चराहरूसहित केही प्रमुख वन्यजन्तु प्रजातिहरू पाइन्छ।

संरक्षणविद् मनोज गौतम र उनकी दिदी प्रभा गौतमले वास्तविक रुपमा पुनर्प्रयोगमुखी संरक्षणलाई बढावा दिन यसको स्थापना गरेका हुन्। यसले स्थानीय जनतालाई बढीभन्दा बढी लाभ हुनुका साथै स्थानीय प्रकृति र संस्कृतिलाई संरक्षण गर्न पनि मद्दत गर्ने उनीहरुको विश्वास छ।

संरक्षणविद् गौतम भन्छन्,’कुनै प्रकारको पदचिह्न नछोड्ने संस्थापक सिद्धान्तका आधारमा हामी न्यूनतम अस्थायी संरचनाहरुमा निर्भर छौं। पाहुनाहरू आउँदा मात्र हाम्रो पालहरू सेट गरिन्छ र अन्य अवसरहरूमा यो जंगली मैदान रहिरहन्छ। वन्यजन्तु र स्थानीय समुदायहरूका लागि यस महत्वपूर्ण भूमिको दिगो संरक्षणमा योगदान दिँदै वन्यजन्तु प्रेमीहरूले यस क्षेत्रमा आफ्नो समयको सदुपयोग गर्न सक्छन्।’

गत वर्ष बुरानमा ५ सयभन्दा बढी पाहुनाहरूलाई स्वागत गरिएको छ। स्थानीय होमस्टे र रेस्टुरेन्टहरुलाई सघाइएको छ। यसले स्थानीय युवाहरूलाई उद्धार र गाइडहरूसम्बन्धी तालिम र रोजगार दिन्छ।

default

default

default

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?