सौर्य एयर दुर्घटनाका शव आफन्तलाई बुझाउने तयारी

सौर्य एयर दुर्घटनाका शव आफन्तलाई बुझाउने तयारी
+
-

काठमाडौँ-सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शुक्रबार आफन्तलाई बुझाउने तयारी गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट भइसकेको र परिवारबाट सङ्कलन गरिएको हुलिया ‘म्याचिङ’ सकिएपछि आफन्तलाई बुझाइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

अस्पतालको अनुसार दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये ४ जनाको शरीर धेरै जलन भएका कारण पहिचान गर्न केही समस्या देखिएको छ। १४ जनाको भने पहिचान खुल्न सक्ने अस्पतालको भनाइ छ। शुक्रबार साँझ चार बजेसम्म हुलिया ‘म्याचिङ’ आवश्यक प्रक्रिया सकेर त्यसपछि परिवारलाई शव बुझाइने अस्पतालको तयारी छ।

आफन्तले उपलब्ध गराएको हुलियाबाट समेत शवको पहिचान नखुलेमा भने डीएनएको प्रक्रियामा जानु पर्ने अस्पतालले जनाएको छ। डीएनएको प्रक्रियामा गएको खण्डमा भने शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्छ ।

अस्पताल स्रोतका अनुसार पोस्टमार्टमका लागि शिक्षण अस्पतालका २५ जना चिकित्सकहरू खटिएका छन् । बुधबार त्रिभुवन अन्र्तंराष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनामा एक जना घाइते भएका थिए। घाइते भएका पाइलट मनीष रत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?