
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैछ। थापाथलिस्थित केन्द्रीय कार्यालयमा गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दैछन्। एक साताअघि शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो।
प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा खतिवडाले यसबारे थप छलफल गर्न चाहेपछि मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो।
सरकारले यसपालि आर्थिक संकटलाई समाधान गर्ने गरी मौद्रिक नीति ल्याउने बताउँदै आएको छ।