कोशी सरकारबाट बाहिरियो माओवादी

कोशी सरकारबाट बाहिरियो माओवादी
+
-

काठमाडौँ – कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्दै नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन्।

शुक्रबार विराटनगरस्थित प्रदेश सभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्ग्बोले सरकारमा रहेका तीन जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएको बताए। सरकारलाई दिएको समर्थन भने कायम रहेको उनले बताए।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगरले राजीनामा बुझाएका हुन्।

राजीनामा दिएपछि पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले मुख्यमन्त्री कार्कीले तत्काल राजीनामा नदिनु भनेको हुँदा समय कुरेको बताए। उनले भने, ‘पछिल्लो केहीदिनयता मुख्यमन्त्री कार्कीले नै मार्गप्रशस्त गर्न भनेपछि हामी पछि हटेका हौँ। उहाँले सहमतीय सरकार बनाउन जोड दिँदै आउनुभएको थियो, त्यो हुन नसकेपछि राजीनामा दिएका हौँ।’

माओवादीका पूर्वमन्त्री तथा प्रदेश सांसद दुर्गा चापागाईंले प्रदेशमा तत्काल पार्टी प्रमुख प्रतिपक्षी दलका रुपमा रहने जानकारी दिए। अहिलेको नयाँ गठबन्धनसमेत धेरै लामो नजाने अनुमान गरेका चापागाईंले शुक्रबारबाट मन्त्रीहरुले राजीनामा दिएपछि माओवादीले अब सदन र सरकारको प्रतिपक्षी दलका भूमिका निर्वाह गर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?