मुख्यमन्त्री लामाद्वारा सिटी स्क्यान सेवा शुभारम्भ

मुख्यमन्त्री लामाद्वारा सिटी स्क्यान सेवा शुभारम्भ
+
-
त्रिशूली – बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले नुवाकोटको त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा शुभारम्भ गरेका छन्। अस्पतालको ६०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले अस्पतालको गुणस्तरीय सेवाका लागि सिटी स्क्यान उपकरण निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे।
“सिटी स्क्यान सेवा नहुँदा बिरामीहरु काठमाडौँ जानुपर्ने बाध्यता थियो”, उनले भने “अस्पतालको सेवा र यसप्रति बिरामीको विश्वास पनि बृद्धि हुनेछ।” अस्पतालको सेवा विस्तार र गुणस्तरीय स्वास्थ्य प्रवाहका क्रममा आगामी दिनमा प्रसूति सेवा सुरु गर्न र भौतिक संरचना निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ थियो।
कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले त्रिशूली अस्पतालसहित विभिन्न जिल्लाका प्रादेशिक अस्पतालले प्रवाह गरेको सेवा प्रभावकारी रहेको उल्लेख गर्दै प्रशंसा गरे। अस्पतालको सेवा प्रवाह मूल्याङ्कनको सूचकमा त्रिशूली अस्पताल देशभरमै उत्कृष्टमा रहेकाले आगामी दिनमा सेवा विस्तार र गुणस्तरमा थप सुधारलाई मध्यनजर राख्न उनले सुझाव दिए। हाल एक सय शय्या क्षमताको अस्पताललाई आगामी दिनमा विस्तारको लक्ष्य लिइएको छ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?