
काठमाडौँ-जनता समाजवादी पार्टी नेपालले नवगठीत केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। बैठक आगामी श्रावण २७, २८, २९ र ३० गते बस्ने नेता मनिष सुमनले जानकारी दिए।
बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमापार्टीले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरिने उनको भनाइ छ।
त्यस्तै वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध लगायतका विषयहरूमा अभिमुखीकरणका साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्य योजना तथा कार्यक्रम लगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय गर्ने जसपाले जनाएको छ।