काठमाडौं- पेरिस ओलम्पिकमा नेपाली खेलाडीहरुको निरासाजनक प्रदर्शनले निरन्तरता पाएको छ। नेपाली सुटर सुस्मिता नेपाल पेरिस ओम्पिकको प्रारम्भिक (छनोट) चरणबाटै बाहिरिएकी छन्।
१० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिताले ६०७.८ अङ्क जोडिन्। ४३ खेलाडीमध्ये सुस्मिता ४२ औं स्थानमा रहिन्। छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका छन्।
यससँगै दुई नेपाली खेलाडीको ओलम्पिक यात्र प्रारम्भिक चरणमै सकिएको छ। यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ पनि प्रारम्भिक चरणबाटै बाहिरिएका थिए। आजनै नेपालले पौडीमा प्रतिस्पर्धा गर्दै छ। डुवाना लामाले हिट चरणको २०० मिटर फ्रि-स्टायलमा प्रतिस्पर्धा गर्दै छिन्।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































