
धनगढी – प्रदेश सभा बैठकमा सहभागी भएको भन्दै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन्।
उनी आजको प्रदेशसभा बैठकमा सहभागी भएकी थिइन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकमा सहभागी नहुने नीति लिएका बेला सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो।
यसअघिको बैठकमा पनि उनी सहभागी भएकी थिइन्। आजको बैठकमा पनि मुख्यमन्त्री सोडारीले उनलाई सहभागी नहुन भनेका थिए।
सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडि नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहेको थियो। तर आफूले जनताको आवाज उठाउन संसद् आएको बर्खास्त भएकी मन्त्री थापाले बताइन्।
प्रदेश सभामा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको थापाले बताइन्।