
काठमाडौं- प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय लिनका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ।
यसअघि उनीमाथिको सुनुवाइ सकिइसकेकाले आज अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिनका लागि बिहान साढे ११ बजेका लागि समितिको बैठक बोलाइएको हो।
उनलाई गत २ असारमा संवैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन्। त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग पनि यस विषयमा छलफल गरेको थियो।
९ साउनमा प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित गरिएको थियो।
यसबीचमा प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरुले आफ्नो शीर्ष नेतासँग छलफल गरेका छन् ।
स्रोतका अनुसार सम्भवत आज प्रधानसँग नियुक्तिका लागि संविधान बमोजिमको उच्च नैतिक चरित्र नभएको ठहर गर्दै अस्वीकृत गर्ने तयारी छ।
यो पनि पढ्नूहोस्:
संसदीय सुनुवाइ समितिको बैठक सोमबार, प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय हुने