
पोखरा- पोखराको फुस्रेखोलामा भएको स्कुलबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–२१ रामदीकी ३३ वर्षीया आरती विक रहेकी छन्। उनी स्कुलबसकी सहचालक हुन्।
सोमबार बिहान पोखरा महानगरपालिका–२१ रामदीबाट विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमोरिय इंग्लिस बोर्डिङ स्कुलको बस दुर्घटना भएको हो।
ग १ क ६३१९ नम्बरको बस गुट्कुमा अनियन्त्रित भइ सडकबाट झन्डै ६० मिटर तल खसेको थियाे। चालकसहित घाइते २९ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
गण्डकी मेडिकल कलेजमा १४ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतामा १२ जना र मणिपाल शिक्षण अस्पतालमा ३ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ।
एक जनाको अवस्था गम्भीर रहेको छ।