अस्वीकृत हुने भएपछि नियुक्ति प्रक्रियाबाट बाहिरिन प्रधानले दिए सुनुवाइ समितिमा निवेदन

अस्वीकृत हुने भएपछि नियुक्ति प्रक्रियाबाट बाहिरिन प्रधानले दिए सुनुवाइ समितिमा निवेदन
+
-

काठमाडौँ – निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफू नियुक्ति प्रक्रियाबाट बाहिरिन चाहेको भन्दै संसदीय सुनुवाइ समितिमा निवेदन दिएका छन्।

सोमबार सुनुवाइ समितिका सचिव समेत रहेका संघीय संसदका महासचिव पदमप्रसाद पाण्डे समक्ष प्रधानले आफू नियुक्ति प्रक्रियाबाटै बाहिरिने भन्दै सुनुवाइ प्रक्रिया अघि नबढाउन आग्रह गर्दैै निवेदन दिएका हुन्।

महासचिव पाण्डेले भने, ‘उहाँले विभिन्न कारण देखाउँदै आफ्नो सुनुवाइ प्रक्रिया अघि नबढाउन निवेदन दिनुभएको छ।’

सुनुवाइ समितिले अस्वीकृत गर्ने भएपछि प्रधानले आफू नियुक्ति प्रक्रियाबाटै बाहिरिएका हुन्। उच्च नैतिक चरित्रमा प्रश्न गर्दै समितिले प्रधानलाई अस्वीकृत गर्दा उनलाई भविष्यमा अन्य सार्वजनिक पदमा जान नमिल्ने हुँदा फेस सेभ गर्ने बाटोका रुपमा उनलाई नियुक्ति प्रक्रियाबाटै बाहिरिने वातावरण बनाइएको हो।

प्रधानलाई नाम फिर्ता लिने समय दिनका लागि सारियो सुनुवाइ समितिको बैठक

उच्च राजनीतिक नेतृत्वले समितिलाई निर्देश गरेपछि बिहान ११ः३० बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेका लागि सारिएको छ। पूर्वयोजना अनुसार प्रधानले आफू नियुक्ति प्रक्रियाबाट बाहिरिएको भन्दै निवेदन दिएका हुन्।

संवैधानिक परिषदले प्रधानलाई गत असार २ गते आयुक्तमा सिफारिस गरेको थियो। साउन ७ गते सुनुवाइ समितिले उनीविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्दा आफ्नै कार्यालयमा काम गर्ने महिलालाई यौन शोषण गरेको भन्दै एउटै व्यहोराका चारवटा उजुरी परेको थियो।

पीडित महिला आफैँले असार १९ गते सुनुवाइ समितिमा आफूले भागेका पीडाका बारेमा बताएपािछ भोलिपल्टै अनुमोदन गर्ने तयारीबाट समिति पछि हटेको थियो। साउन ९ गते प्रधानलाई बोलाएर सुनुवाइ गरेको समितिले सोमबार उनलाई अस्वीकृत गर्ने तयारी गरेको थियो।

यसबीचमा उनलाई अनुमोदन गराउन चर्को लविङ भए पनि सार्वजनिक रुपमा चर्को आलोचना र सुनुवाइ समितिकै सदस्यहरु विपक्षमा उभिएपछि निर्णय हुन नसकेको हो।

आफ्नो ‘नैतिक चरित्रमा’ प्रश्न गर्ने अधिकार सुनुवाइ समितिलाई नभएको प्रधानको जवाफ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?