ओलम्पिकमा नेपाल: मनिता श्रेष्ठपनि पहिलो चरणबाटै बाहिर

ओलम्पिकमा नेपाल: मनिता श्रेष्ठपनि पहिलो चरणबाटै बाहिर
+
-

काठमाडौं- ओलम्पिकमा नेपालले कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ। नेपालकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छन्।

सोमबार मनिता क्याम्प डी मार्स एरिनामा  सर्वियन खेलाडी मारिका पेरिसिकसँग  इप्पोन (१०-०) ले पराजित भइन्। उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन्।

उनी केबल एक मिनेट मात्र म्याटमा टिक्न सकिन्। जितसँगै पेरिसिकले अन्तिम १६ को यात्रा तय गरेकी छन्। यससँगै पेरिस ओलम्पिकमा नेपालका चार खेलाडीको चुनौती समाप्त भएको छ।

यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा प्रारम्भिक चरणबाटै बाहिरिसकेका छन्। मनिताले कन्टिनेन्टल कोटामार्फत ओलम्पिक खेल्ने अवसर प्राप्त गरेकी हुन्।

पेरिस ओलम्पिकमा अहिले सम्म ३१ स्वर्णको टुंगो लागेको छ। जसमा दक्षिण कोरिया, जापान र अस्ट्रेलियाले ४-४ स्वर्ण जित्दा अमेरिका, फ्रान्स र चीनले समान ३-३ स्वर्ण जितेका छन्। त्यस्तै इटाली, काजाखास्तान, बेल्जियम, जर्मनी, हङकङ र उज्वेवकिस्तान समान १-१ स्वर्ण जिते।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’