
जनकपुरधाम – पूर्वराज्यमन्त्री रामचन्द्र राय यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरुलाई प्रहरीले आज सार्वजनिक गर्न लागेको छ।
सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले आज अपराह्न ५ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न व्यक्तिलाई सार्वजनिक गरिने जानकारी दिए।
यही साउन ७ गते आइतबार राति करिब १ बजे चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित कोठाभित्र ८० वर्षीय पूर्व राज्यमन्त्री यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।