स्कुल बस दुर्घटनाः पोखरा महानगरले बनायो छानबिन समिति

स्कुल बस दुर्घटनाः पोखरा महानगरले बनायो छानबिन समिति
+
-

पोखरा – सोमबार बिहान भएको एलपी देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कुलको बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ।

शिक्षा महाशाखा प्रमुख शिक्षा निर्देशक हेमप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। समिति सदस्यमा महानगरमा कार्यरत उपसचिव कृष्णप्रसाद तिवारी, नगर प्रहरी निरीक्षक पुरुषत्तोम थापा, मेकानिकल इञ्जिनियर सरोज चालिसे र सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारी रहेका छन्।

दुर्घटना हुनुको कारण, सवारी साधन, चालकको अवस्थालगायतका विषयमा अध्ययन गरी प्रकृतिका दुर्घटना न्यून गर्न समिति बनाएको महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए। समितिले अवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्ने उनको भनाइ छ। रायसहितको प्रतिवेदन पेश गर्न सात दिनको म्याद दिइएको छ।

सोमबार बिहान पोखरा महानगरपालिका–२१ रामदीबाट विद्यार्थी लिएर फर्कदै गरेको ग १ क ६३१९ नम्बरको बस गुट्कुमा अनियन्त्रित भई घुम्ती सडकबाट झन्डै ६० मिटर तल खसेको हो। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

गण्डकी मेडिकल कलेज पृथ्वीचोकमा उपचारको क्रममा पोखरा महानगरपालिका–२१ रामदीकी ३३ वर्षीय आरती विक र ६ वर्षीय बालक प्रिन्स विकको मृत्यु भएको हो।

गण्डकी मेडिकल कलेज पृथ्वीचोकमा उपाचरको क्रममा ६ वर्षीय बालक प्रिन्स विकको मृत्यु भएको हो। यसअघि सोही अस्पतालमा पोखरा महानगरपालिका– २१ रामदीकी ३३ वर्षीय वर्षीय आरती विकको पनि उपचारको क्रममा मृत्यु भएको थियो। मृतक आरती र प्रिन्स आमाछोरा हुन्। आरती विद्यालयको कार्यालय सहयोगी पदमा कार्यरता थिइन्।

दुर्घटनामा चालकसहित २८ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ। गण्डकी मेडिकल कलेजमा १३ जनाको उपचार भइरहेको छ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतामा १२ जना र मणिपाल शिक्षण अस्पतालमा ३ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

विरौटामा रहेको एलपी देवकोटा स्कुलका शिक्षक, विद्यार्थी, अभिभावकसँगै एकजना छोरेपाटन माविकी विद्यार्थीसमेत बस दुर्घटनामा परेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?