आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री लामा

आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री लामा
+
-

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्।

यहीँ साउन ९ गते मुख्यमन्त्री नियुक्त भएका उनले आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन्।

लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा नियुक्त भएका थिए। शनिबार सरकारलाई पूर्णता दिएका उनललाई कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थन छ।

११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँगको सत्ता समीकरण तोडेर कांग्रेससँग नयाँ सत्ता गठबन्धन बनएपछि यसको असर प्रदेश तहमा पनि पर्न गएको हो। यसै अनुरुप बागमती प्रदेशमा पनि समीकरणमा परिर्वतन आयो। जस अनुसार साउन ६ मा माओवादी शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीबाट राजीनामा दिए। उनले राजीनामा दिएसँगै कांग्रेस-एमालेको समीकरणबाट लामाले ९ साउनमा सरकारमा दावी पेश गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?