
काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश सभामा विश्वासको मत पाएका छन्।
मंगलबार प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री लामालाई ६४ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए। उनको विपक्षमा ३५ मत पर्यो। नेमकिपा भने तटस्थ बस्यो।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन चाहिन्छ। आजको बैठकमा १०३ सांसद उपस्थित थिए।
नेपाली कांग्रेसका लामा कांग्रेस–एमाले गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन्।