सिमलताल दुर्घटना- बेपत्ता बस र यात्रुको खोजीमा चीनसँग सहयोग माग्ने तयारीमा सरकार

सिमलताल दुर्घटना- बेपत्ता बस र यात्रुको खोजीमा चीनसँग सहयोग माग्ने तयारीमा सरकार
+
-

काठमाडौँ-सिमलताल पहिरोले बगाएर बेपत्ता रहेका दुई बसर यात्रुको खोजीको लागि चीन सरकारलाइ अनुरोध गरिने भएको छ। संसदीय समितिले गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता रहेका दुई बस र यात्रुको खोजीका लागि चीनलाई अनुरोध गर्ने तयारी गरेको हो।

बुधबार संसद्को राज्य व्यवस्था समितिको सिमलताल दुर्घटनामा बेपत्ता दुई बस र यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको समितिका एक सदस्यले जानकारी गराएका हुन्। दुई बसमा ६५ यात्रु रहेकोमा ३ जनाले आफ्नो ज्यान बचाएका थिए भने अहिलेसम्म २४ जनाको शव फेला परेको छ । त्यस्तै ३८ जनाको अवस्था अझै अज्ञात छ।

यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो। तर, बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएपछि भारतीय टोली फर्किएको थियो।

उक्त समितिका सभापति कांग्रेस सांसद रामहरि खतिवडाले मंगलबारको संसद बैठकमा चिनियाँ राजदूत छन् सोङले सिमलतालमा त्रिशूली नदीमा खसेको बसका सम्बन्धमा कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका थिए।

चितवनको सिमलतालबाट त्रिशुलीमा खसेर हराएका दुईवटा बस खोजीलाई लिएर चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा लेखेको स्टाटसप्रति खतिवडाले आपत्ति प्रकट गरेका हुन्।

मानवीय संवेदनाका विषयमा हँसीमजाक नगर्न उनले राजदूत चेतावनी पनि दिएका थिए। खतिवडाले प्रतिनिधिसभा बैठकमा चिनियाँ राजदूतको नाम नलिई छिमेकी मित्रराष्ट्रका राजदूतले कूटनीतिक मर्यादा र आचारसंहिता विपरीत अभिव्यक्ति दिएको बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?