पेरिस ओलम्पिक: उत्तर र दक्षिण कोरियाली खेलाडीको इतिहासले सम्झने सेल्फी

पेरिस ओलम्पिक: उत्तर र दक्षिण कोरियाली खेलाडीको इतिहासले सम्झने सेल्फी
+
-

सम्भवत: विश्वभर त्यस्तो स्थान छैन जहाँ दुश्मनी देशहरू एकअर्काको दुश्मनी भुलेर एकताको अँगालोमा बाँधिऊन्। तर विश्वमा खेलकुको त्यस्तो इभेन्ट जसले दुश्मनी देशहरूको दुश्मनीमात्र भुलाउँदैन, उनीहरू एकआपसमा खुसी साटासाट गरेर सेल्फीका लागि समेत तयार पार्ने मञ्च प्रदान गर्छ।

२०२४ को पेरिस ओलम्पिकमा अहिले एक तस्बिरले धेरैलाई भावुक बनाएको छ। किनकि यो परस्पर विरोधी देशहरू कसरी एकता र भाइचाराको सम्बन्धमा फर्किन चाहन्छन् र देशहरूको खराब सम्बन्धबीच नागरिकहरू कसरी यस्ता कुराहरूलाई ‘वेवास्ता’ गरेर एकअर्काको मनमा कसरी समानता र निकट्ता बढाउँदै नजिक ल्याउन सक्छ र यसले चर्चा पाउँछ भन्ने उदाहरण बनेका छन्।

ओलम्पिकको अर्थ हुन्छ- विश्वभरका देश जो आफ्नो-आफ्नो खेलको माध्यमबाट सर्वाधिक पदक जित्दै देशको शिरलाइ थप उँचाे बनाउने। अझ पछिल्लो समय त शक्तिराष्ट्रहरूको शक्ति परीक्षणको स्थल समेत ओलम्पिक रहने गरेको छ। त्यसैले हरेक देश दिलोज्यान दिएर पदक जित्ने होडमा होमिन्छन्।

त्यसमा अझ सम्मानका साथ एक-अर्का विरुद्ध मिलेर प्रतिस्पर्धा गर्ने एक शानदार अवसर रहेको छ। प्रतिस्पर्धापछिको एक तस्बिरले अहिले सामाजिक सञ्जालमा खुबै चर्चा बटुलेको छ। यदि तपाईं विश्वमा एक अर्कालाई घृणा गर्ने र दुश्मनीको चरम रूपमा लिने देशको सूची बनाउनु भयो भने उत्तर र दक्षिण कोरिया सर्वाधिक अघि आउँछन्। अनि कुनै पनि मञ्चमा यो दुई देशका मानिसहरू फोटो खिचाउन त के उनीहरू एक अर्कालाई निकै कम सम्मान भावले हेर्ने गर्छन्।

तर जब टेबल टेनिसको मिक्सड डबलको फाइनल सकियाे। विश्वले नदेखेको तर सुन्दर क्षण तस्बिरमा अटायाे। अर्थात चीनले यो इभेन्टमा स्वर्ण चुम्यो। उत्तर कोरियाले रजत र दक्षिण कोरियाले काश्य जित्यो।

मेडलका लागि पोडियममा उत्तर कोरियाका के री जोङ्ग सिक तथा किम कुम योङ, त्यस्तै दक्षिण कोरियाका शिन यू-बिन र विजयी चीनीका वांग चुकिन तथा सन यिंगसा सबै मिलेर मुस्कुराउँदै एउटा सेल्फी खिचे जसको अपेक्षा सायदैले गरेका थिए।

यो यस्तो समयको सेल्फी थियो जहाँ वर्षको सुरुवात अर्थात यस वर्षको सुरुमै उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियालाई आफ्नो प्रमुख दुश्मन करार गरेका थिए। साथै उनले अब शान्तिपूर्ण एकताको कुनै गुन्जायस र अर्थ सकिएको बताएका थिए।

तर सामाजिक सञ्जालमा यो तस्बिरले निकै माया पायो। धेरैले यो पेरिस ओलम्पिककै सर्वाधिक ऐतिहासिक तस्बिर भएको बताए। उत्तर कोरियाली खेलाडीको दक्षिण कोरियाले खेलाडी प्रतिको आदरभावको खुलेर प्रशंसा गरेका थिए। उनीहरूले यो ओलम्पिक हो र यसको वास्तविक भावना भनेकै यही हो भन्दै विश्वले यो तस्बिरलाई खेल भावनाको उच्च समानका रूपमा ग्रहण गर्ने विश्वास गरेका छन्।

ओलम्पिकले उत्तर र दक्षिण कोरियाली खेलकर्मीहरूलाई एक अर्कासँग गफ गर्ने अनुमति दिन्छ। वास्तविक रूपमा भने यी दुबै देश अहिले पनि युद्धकै स्थितिमा छन्। पछिल्ला महिनाहरूमा यी दुई देशबीचको तनाव थप बढेको छ। सानो सानो कुराहरूमा समेत एकअर्का विरुद्ध युद्ध लड्न तयार उत्तर र दक्षिण कोरियाबीचको दुश्मनी कम गर्न यस्ता तस्बिरले सहयोग कति पुर्‍याउला त्यो भविष्यको गर्भमै छ। तर आशा र शान्ति मार्गमा विश्वास गर्नेहरूलाई भने यस्ता तस्बिरले अत्यन्तै हर्षविभोर बनाउने गर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?