अपाङ्गता भएकी माया उपचारपछि भइन् सपांग

अपाङ्गता भएकी माया उपचारपछि भइन् सपांग
+
-

सिमकोट – पूर्णरुपमा अपांगता भएकी सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँकी माया बिक सपाङ्ग भएर घर फर्कने भएकी छन्। सहयोगी हातको सहयोगमा मायालाई हुम्लाबाट काठमाडौं लिएर उपाचार गरिएपछि उनी सपाङ्ग भएर घर फर्कने भएकी हुन्।

माया बिकको बनेपास्थित अपांग पुनःस्थापन केन्द्रमा उपचारपछि डिस्चार्ज भएको उनको उपचारका लागि सहजीकरण गरेको डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष बोहराले बताए।

उनी पनि मायाको डिस्चार्ज गर्ने समयमा अस्पतालमै थिए। बोहराले मायाले कल्पनै नगरेको जिन्दकी पाएको भन्दै सहयोगी सबै हातलाई धन्यवादसमेत दिए। मायाको चार महिना बाह्र दिन लामो उपचारपछि डिस्चार्ज भएकी हुन्। आजै माया काठमार्डौबाट नेपालगंज आई पुगेकी छन् र टिकटको ब्यवस्था भए शुक्रबार हुम्ला पुग्ने छिन।

उनको अप्रेशन गरिएको खुट्टामा रड हालिएको कारण मंसिर महिनामा फलोअपका लागि बोलाइएको छ। उनको अवस्थाबारे स्वास्थ्यकर्मी बोहराले आफ्नो फेसबुक पेजबाट जानकारी गराएपछि पूर्वसचिव भीम उपाध्यायले सहयोग गर्ने चासो देखिएका थिए। त्यहीअनुसार उपचारका लागि माया आमासहित काठमाडौं पुगेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?