भक्तपुरमा यसरी मनाइयो गठेमंगल पर्व (तस्बिरहरु)

भक्तपुरमा यसरी मनाइयो गठेमंगल पर्व (तस्बिरहरु)
+
-

काठमाडौँ – शुक्रबार गठेमंगल पर्व मनाइएको छ। साउन शुक्ल चतुर्दशी दिन शुक्रबार गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाइएको हो। यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्।

यो पर्वमा नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएको छ ।

नेवार समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिनुका साथै गाइजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत दिइन्छ।

नेवार समुदायका विभिन्न चाडमध्ये यस पर्वलाई पहिलो र छोराको चाडका रुपमा मनाउने गरिन्छ।

यो पर्वमा गर्नुपर्ने अधिकांश विधि पुरुषहरुले गर्ने भएकाले पनि छोराको चाड भन्ने गरीएको हो। भुतप्रेत पन्छाउनका लागि नर्कटलाई छवाली, सिस्नो , नांगलो, कर्कलो लगायतका सामग्रीले सजाएर दोबाटो वा चौबाटोमा लगेर राखिन्छ।

यसैबीच आज भक्तपुरको दत्तात्रेय मन्दिरमा पनि धुमधामका साथ गठेमंगल पर्व मनाइएको छ।

तस्बिरहरुः

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’