चलचित्रका कारण कर्णालीको सौन्दर्यता महसुस गर्न पाएँः अभिनेत्री पन्त

चलचित्रका कारण कर्णालीको सौन्दर्यता महसुस गर्न पाएँः अभिनेत्री पन्त
+
-
काठमाडौँ – अभिनेत्री सुरक्षा पन्तले कर्णाली प्राकृतिक सुन्दरतासँगै विविध संस्कृतिले भरिपूर्ण भएको आफूले पाएको बताएकी छन्। आफू अभिनित चलचित्र ‘बुलाकी’ को प्रचारप्रसारका लागि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले कर्णालीमा छायाङ्कनका लागि बिताएको समय र आफ्नो पात्रको विषयबारे चर्चा गरिन्।
“यस चलचित्रमा मैले कर्णालीको हिरा नामक पात्रको भूमिका निर्वाह गरेकी छु। चलचित्रमा निसन्तान हुँदा महिलाले भोग्नुपर्ने सास्ती र जारी प्रथाको विषय जोडिएको छ”, अभिनेत्री पन्तले भनिन्।आफ्नो पात्रलाई जीवन्त बनाउने अभिनेत्री पन्तले हिरा नामक पात्रको तयारी कर्णालीमै पुगेर गरेकी थिइन्।
स्थानीय भाषा, लवजसँगै भेषभूषा र मनोविज्ञान बुझ्न आफू स्थानीयसँग घुलमिल भएको उनले सुनाइन्। मनाङमा एक इटालियन चलचित्रको छायाङ्कन सकाएको एकसातापछि उनी कर्णाली पुगेको बताइन्। “पात्रका लागि जति तयारी गरे पनि स्थानीयमा नपुगी पूर्ण पाउँदैन। त्यसैले म एक हप्ता विश्राम गरेर स्थानीयसँग भेट्न पुगे। त्यहाँको जीवन र छुट्टै छ। त्यहाँका मान्छे मैले खुसी भएको पाएको छु”, उनले भनिन्।
कर्णाली पिछडिएको क्षेत्र भनेर आफूले सुने पनि त्यहाँ पुगेपछि भने उक्त सोच परिवर्तन भएको अभिनेत्री पन्तले बताइन्। “मैले छायाङ्कनको समयमा जारी प्रथाबारे जिज्ञासा राखेकी थिएँ। छिटपुट हुने गरेको घटनाबारे स्थानीयले सुनाएका थिए। त्यहाँ बस्दा मैले बुझेको कर्णालीका महिला सक्षम छन् र अभिभावकत्व लिन तयार छन् भन्ने हो”, अभिनेत्री पन्तले भनिन्।
चलचित्रमा अभिनेत्री पन्तसँगै नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गरेका छन्।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?