
काठमाडौँ – गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।
नेपाल गाँजा वैधानिक महाअभियान र नेपाल फार्म व्यवसायी संघले गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै भद्रकालीमा दबाब कार्यक्रम गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले ‘देशको आवश्यकता गाँजा वैधानिकता, स्वदेशमै रोजगार परदेशी फर्कने आधार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।