नक्सालबाट ४२ वर्षअघि चोरी भएको मूर्ति पुनःस्थापना (तस्बिरहरु)

नक्सालबाट ४२ वर्षअघि चोरी भएको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
+
-

काठमाडौँ – नक्सालको भगवान बहालबाट ४२ वर्षअघि चोरी भएको नागराजको मूर्ति पुनःस्थापना गरिएको छ। उक्त मूर्ति सन् १९८२ मा चोरी भएको थियो।

एघारौँ शताब्दी पुरानो बासुकी नागराजको मूर्ति स्थानीयले नक्सालस्थित भगवान बहालमा पुनः स्थापना गरेका हुन्। उक्त मूर्ति छाउनीस्थित राष्ट्रिय संग्रहालयबाट लगेर पुनःस्थापना गरिएको हो।

उक्त मूर्ति अमेरिकामा लिलामी गर्ने क्रममा फेला परेको थियो। कूटनीतिक रुपमा पहल गरी मूर्ति लिलाम हुन रोकेर सन् २०२२ मा नेपाल फिर्ता ल्याइएको थियो।

स्थानीयअनुसार मूर्ति खोज्ने क्रममा राष्ट्रिय संग्रालयमा भएको जानकारी पाएपछि पुनःस्थापना पहल गरिएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको अनुमतिपछि राष्ट्रिय संग्रहालयले सोमबार मूर्ति स्थानीयलाई हस्तान्तरण गरेको हो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’