
मोरङ – विराटनगरस्थित कोबास कलेजभित्र लगानीकर्ताबीचको विवाद सतहमा पुगेको छ। कलेजका प्रधानाध्यापक सुनिल श्रेष्ठलाई सोमबार कलेजमा प्रवेश गर्न नदिएपछि विवाद बाहिरिएको हो।
कलेज ब्यवस्थापनले प्रवेशमा रोक लगाएपछि श्रेष्ठले बिनाजानकारी कलेजकी अध्यक्ष प्रिया सारडाले निकालेको जानकारी दिएका छन्। कक्षा ११ र १२ तर्फ व्यवस्थापन, विज्ञान र होटल व्यवस्थापनको अध्यापन हँुदै आएको कलेजमा करिब ४ सय विद्यार्थी अध्ययनरत छन्।
कलेजबाट निकालिएपछि पत्रकारसामु प्रधानाध्यापक श्रेष्ठले कलेजमा अध्यक्ष सारडाले मनोमानी ढंगबाट काम गरिरहेको आरोप लगाए। ५ लाख रुपैयाँ कलेज सुरु गर्दा राखेको बताएका श्रेष्ठका अनुसार कलेजबाट निकालिँदा ३० लाख रुपैयाँ लगानी पुगेको बताएका छन्।
उनले भने, ‘कलेज सुरु गर्दा ५ लाख रुपैयाँ लगानी राखिएको थियो। पछि सारडाले १० लाख राख्न भनिन््। सोहीअनुरुप कलेजमा अलि अलि गर्दै २५ लाख रुपैया लगानी पुराएको थिए। अहिले विना जानकारी निकालिएको सूचना पाए। उहाँहरूले कलेजबाट निकालिरहदाँ सो रकम दिनुपर्छ।’
आफूले कलेजमा लगानी गरेपछि हालसम्म शेयर नदिएको उनको गुनासो छ। ब्यवस्थापन पक्षले कलेजमा प्रवेशमा रोक लगाएपछि उनको पक्षमा विद्यार्थीले नाराबाजी गरेका थिए। २८ वर्ष स्थापित कलेज विराटनगरमा तत्कालिन प्लस टुमध्ये पुरानोमा पर्छ।