भारतबाट दूध भित्रिँदा आफूहरु मारमा परेको व्यवसायीको गुनासो

भारतबाट दूध भित्रिँदा आफूहरु मारमा परेको व्यवसायीको गुनासो
+
-

नेपालगञ्ज – भारतबाट दैनिक ठूलो मात्रामा दूध भित्रिँदा आफूहरु मारमा परेको दुग्ध व्यवसायीले गुनासो गरेका छन्।

नेपाल सरकारले भारतबाट दूध तथा दुग्धजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाए पनि बाँकेको नाकाबाट ठूलो मात्रामा दूध भित्रिरहेको किसान तथा व्यवसायीको भनाइ छ। भारतीय दूध निर्वाध रुपमा भित्रिँदा आफूले उत्पादन गरेको दूध बिक्री हुन गाह्रो भएको किसान बताउँछन्।

खुल्ला नाकाको फाइदा उठाउँदै भारतीयले नेपालगन्जसम्म दूध पुर्‍याउँछन्। नाकामा रहेको सुरक्षा निकाय, भन्सार, क्वारेन्टाइनले बेवास्ता गर्दा भारतीय दूध कतिपय डेरी, मिठइ पसल, चिया पसलदेखि घरघरमा पुगिरहेको छ। भारतबाट आउने दूध यहाँ उत्पादन भएको दूधभन्दा सस्तो पर्दछ। भारतबाट आउने दूध गुणस्तरीय भने हुँदैन। सस्तोको नाममा भारतीय दूध उपभोग गरेको पाइन्छ।

बाँकेमा दूधको कमी छैन। दूधको खडेरी महिना भनेर चिनिने साउनमा समेत दूधको कमी भएन। बाँके दुग्ध व्यवसायी संघका कार्यवाहक सचिव चेतनारायण शर्माले सरकारले प्रतिबन्ध लगाएको भारतीय दूध भित्रिँदा आफूहरु मारमा परेको बताए।

भगवती दुग्ध सहकारीका सञ्चालकसमेत रहेका शर्माले बाँकेमा यहीँका किसानले उत्पादन गरेको दूधले पुग्ने जानकारी दिए। भगवतीले दैनिक तीन हजार पाँच सय लिटर दूध बिक्री गर्ने गर्दछ। भारतीयले ल्याएको दूध नाकामा सशस्त्र प्रहरीले रोक्यो भने मात्रै मिठाइ पसलहरु आफूकहाँ दूध किन्न आउने शर्माको भनाइ छ।

बाँकेमा डिडिसीबाहेक भगवती, सिर्जना, जनता, शुद्ध गोरस, वनकटवा सहकारी, यादव दूध संकलन केन्द्र कम्दी, भट्टराई डेरी, बर्दिया बाँसगढीले दूधको कारोबार गर्छन्।

संघले बेलाबेलामा यहाँका प्रहरी प्रशासन, भन्सार, क्वारेन्टाइनमा गएर भारतीय दूध भित्रिन नदिन आग्रह गर्ने गर्दछन्। सशस्त्र प्रहरीले कहिलेकाहीँ रोकिदिए पनि अरुले बेवास्ता गरिरहेको व्यवसायीको भनाइ छ। भारतबाट दैनिक साइकलमा क्यानको प्रयोग गरेर दूध भित्रिन्छ।

छोटी नाकाभन्दा पनि मुख्य नाकाबाट बढी दूध भित्रिन्छ। भन्सार भएर दूध भित्रिँदा बाटोमा पर्ने भन्सार र क्वारेन्टाइन कार्यालयले देख्दैन। निर्वाध रुपमा भारतीय दूध आउँछन्। ठूलो मिठाइ, चिया पसलदेखि घरघरमा समेत बेचेर जान्छन्। भारतबाट बाँकेमा ८ हजार लिटर दूध भित्रिरहेको व्यवसायीको आँकलन रहेको छ।

जिल्ला दुग्ध व्यवसायी संघको एक तथ्यांकअनुसार, बाँकेमा २४ हजार लिटर दूध उत्पादन हुन्छ। बर्दिया जिल्लाबाट ७ हजार लिटर दूध आउँछ। जिल्लाबाट सात हजार लिटर अन्यत्र जिल्लामा जान्छ। बाँकेमा दैनिक २२ हजार लिटर दूध खपत हुन्छ।

बाँकेमा पालिकाअनुसार हेर्दा बैजनाथ गाउँपालिकामा तीन हजार लिटर, नरैनापुर गाउँपालिकामा तीन हजार लिटर, राप्तीसोनारी गाउँपालिकामा दुई हजार पाँच सय लिटर, खजुरामा तीन हजार पाँच सय लिटर, कोहलपुरमा दुई हजार पाँच सय लिटर, नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार पाँच सय लिटर, जानकी गाउँपालिकामा तीन हजार लिटर, डुडुवा गाउँपालिकामा पाँच हजार लिटर दूध उत्पादन हुने गर्दछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?