
मोरङ – भारतबाट नेपाल प्रवेश गर्ने क्रममा एकजना बंगलादेशका नागरिकलाई प्रहरीले विराटनगर रानी क्षेत्रबाट भारततर्फ फर्काएको छ।
मंगलबार दिउँसो करिब सवा १ बजे भारतीय नागरिकको समूहमा मिसिएर नेपाल प्रवेश गर्ने क्रममा ४६ वर्षीय उत्तम सरकारलाई फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार दिउँसो सरसमान चेकजाँचका क्रममा सरकारको साथबाट बंगलादेशी नागरिक भएको खुल्ने परिचय पत्र भेटिएको थियो।
भारतको जोगबनी–रानी नाका हुँदै पहिलो पटक बंगलादेशका नागरिक नेपाल प्रवेश गर्ने क्रममा भेटिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।
उनका अनुसार सीमा नाकाबाट अवैध रुपमा गैरनागरिकको प्रवेश हुनसक्ने हुँदा सुरक्षा अवस्थामा कडाइ गरिएको छ। विद्यार्थी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिना बंगलादेशबाट भागेकी छन्।