दाङमा औलो संक्रमण फैलियो, उपचारको क्रममा एक जनाको मृत्यु

दाङमा औलो संक्रमण फैलियो, उपचारको क्रममा एक जनाको मृत्यु
+
-

दाङ–दाङमा औलो संक्रमणबाट एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिका–७ भैंसाही नाका निवासी २५ बर्षिय डिलशा बुढाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले पुष्टि गरे। उनका अनुसार टिएफ मलेरिया अर्थात कडा खालको औंलो संक्रमणका कारण बुढाको मृत्यु भएको हो।

एक दशक यता नेपालमा औंलो संक्रमणबाट मान्छेको मृत्यु नभएको, यो घटना सम्भवतः पहिलो भएको जानकारी आचार्यले दिए। कडा खालको ज्वरो आएपछी मात्रै घर परिवारका सदस्यले उपचारको लागी अस्पताल पुर्‍याएका थिए। बेहोस अवस्थामा अस्पताल पुर्‍याइएको थियो। सघन कक्षमा राखेर उपचार सुरु गरिएको भएपनि स्वास्थ्य अवस्थामा सुधार आउन सकेन।

जसले गर्दा उनको मृत्यु हुन पुग्यो। उपचारको लागी अस्पताल पुर्‍याउन ढिलाई भएका कारण बुढाको मृत्यु भएको हो।‘औंलो उपचार पछि निको हुन्छ। उपचारको लागी अस्पताल पुर्‍याउन ढिलाई हुँदा बिरामीको अवस्था जटिल भएको देखिन्छ’स्वास्थ्य कार्यालयका प्रमुख आचार्यले भने,‘केही दिन अघि बुढाको नन्दको पनि मृत्यु भएको थियो। त्यो मृत्यु औंलोबाट भएको हो होइन भन्ने बारेमा पुष्टि भने हुन सकेको छैन।’
भैंसाही नाकामा औलो संक्रमण फैलिएपछी स्वास्थ्य कार्यालय दाङ र राजपुर गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। नेपालको बाटो भएर घटनास्थलमा जान नसक्ने अवस्था भएपछि कोइलावास नाका भएर भारतको बाटो हुदै भैंसाही नाकामा स्वास्थ्यकर्मीको टोली जान थालेको हो।

‘बाटो राम्रो भएको भए बिरामीलाई उपचारको लागी दाङको अस्पताल ल्याउन सकिन्थ्यो। बाटो राम्रो नभएकै कारण भारतको बाटो भएर बाँके लगिएको थियो। हामी पनि उपचारको लागी जाने टोली कोइलावास बाट भारतको बाटो भएर जाँदैछौं’गढवा स्वास्थ्य शाखा प्रमुख कमल रोकायले भने,‘औषधी उपचार सहित, परिक्षणको सामाग्री लिएर जाँदैछौं।’ भैंसाही नाकामा ज्वरो आएका बिरामी दश जना भन्दा बढी छन्। औंलो संक्रमण फैलिएकाले उपचार टोली परिचालन गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

औंलो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो। औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन्। यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ। औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्ने जोखिम रहने स्वास्थ्य कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?