उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच भेटवार्ता

उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच भेटवार्ता
+
-

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पियुष गोयलबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ।

सो अवसरमा उनीहरूबीच द्विपक्षीय व्यापार एवं आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको थियो। भेटमा मन्त्री भण्डारीले खाद्य सामग्रीको आयात सहज बनाउनुपर्ने विषयमा समकक्षी गोयलको ध्यानाकर्षण गराउनुभएको उनको सचिवालयले जनाएको छ।

चामल तथा चिनीलगायत खाद्य सामग्री नेपाल–भारत सिमानामै पाइने मूल्यमा नेपाललाई उपलब्ध गराउन आग्रह गर्दै मन्त्री भण्डारीले उद्योग एवं व्यापारका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनीहरूबीच सचिवस्तरीय बैठक राख्ने विषयमा छलफल भएको र सो सम्बन्धमा दुई साताभित्र उक्त बैठक आयोजना गर्ने सहमति भएको छ।

नेपालबाट सिमेन्ट, जुत्ता, प्लाइउड निर्यात गर्दा व्यवसायीले खेप्नुपरेको कागजी प्रक्रियाको अवरोधलाई हटाउने विषयमा पनि मन्त्री भण्डारीले भारत सरकारको ध्यानाकर्षण गराएको थियो।

भारतका वाणिज्य तथा उद्योगमन्त्री गोयलले नेपाल–भारतबीचको व्यापारमा देखिएका समस्या समाधान गर्न आफ्ना कर्मचारीलाई निर्देशन दिएको जानकारी दिए। त्यसैगरी आजै मन्त्री भण्डारी र भारतका पेट्रोलियममन्त्री हरिजित सिंह पुरीबीच पनि भेटवार्ता भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?