
अ
+
अ
अ
-
धरान (सुनसरी) – कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्दै जानुपर्नेमा जोड दिएका छन्।
धरान उपमहानगरपालिका–१२ स्थित पब्लिक हाई स्कुलको ७८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सामुदायिक विद्यालयले शैक्षिकस्तर वृद्धि गरे नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने धारणा व्यक्त गरे।
शिक्षा क्षेत्रको समग्र विकास र सुधारका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वय गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए। उनले शिक्षा क्षेत्रमा लागानी गर्नुपर्ने वृद्धि गनुृपर्ने बताउँदै विद्यालयको विकास र शिक्षा सुधार गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयको स्थापना दिवसको अवसरमा पब्लिक हाई स्कुलद्वारा प्रकाशित ‘पीयूष’ मुखपत्र छैठौँ अङ्कको विमोचन गरिएको थियो। कार्यक्रममा विद्यालयका प्राध्यापक डा इन्द्रमोहन झा, विद्यालय अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र राईलगायत जनप्रतिनिधिको उपस्थिति थियो।